काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट देखिएको छ। बजार परिसूचक नेप्से ६.५१ अंकले घट्दै २७२४.३९ विन्दुमा पुगेको हो।
यसअघि सोमबार पनि बजार सामान्य रूपमा १.०३ अंकले ओरालो लागेको थियो। यद्यपि, बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
मंगलबार कुल तीन अर्ब ८ करोड ७७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ७८ लाख १६ हजारभन्दा बढी कित्ता सेयर ४५ हजार ५१९ पटक किनबेच भएका हुन्। सोमबार भने कुल दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबार भएका कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया, दरमखोला हाइड्रो र नेपाल एसबीआई बैंक डिबेन्चरका लगानीकर्ताले सबैभन्दा बढी नाफा कमाएका छन्।
समूहगत सूचकतर्फ विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स तथा नन–लाइफ इन्स्योरेन्स समूहमा वृद्धि देखिएको छ भने अन्य अधिकांश समूह ओरालो लागेका छन्।
तपाईको प्रतिक्रिया