राजनीति
प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माको संसदीय सुनुवाइ सुरु
मंगलबार जेठ ५, २०८३/ Tuesday 05-19-26
काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।
संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका क्रममा शर्माले आफ्नो कार्ययोजना तथा भावी प्राथमिकताबारे प्रस्तुति दिइरहेका छन्।
यसअघि संवैधानिक परिषद्ले उनलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो। अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनी प्रधानन्यायाधीश पदमा नियुक्त हुने प्रक्रिया अघि बढ्नेछ।
तपाईको प्रतिक्रिया