बिहीबार ३१ बैशाख २०८३
खेलकुद

फिफा विश्वकप २०२६ को खेल तालिका सार्वजनिक

बिहीबार बैशाख ३१, २०८३/ Thursday 05-14-26

काठमाडौं। विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ।

यो संस्करण पहिलो पटक तीन देशले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप हो। साथै पहिलो पटक ४८ राष्ट्र सहभागी हुने भएकाले यसलाई अहिलेसम्मकै ठूलो विश्वकप मानिएको छ।

कुल ३९ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १०४ खेल खेलाइनेछन्। खेलहरू १६ सहरमा आयोजना हुनेछन् र १३ फरक समय क्षेत्रका कारण नेपालमा अधिकांश खेल मध्यरातदेखि बिहानसम्म प्रसारण हुनेछन्।

विश्वकपको समूह चरणदेखि नकआउट चरणसम्मको विस्तृत खेल तालिका सार्वजनिक भइसकेको छ।

 

तपाईको प्रतिक्रिया