काठमाडौं । हर्क साम्पाङले प्रतिनिधिसभाको मंगलबार बसेको बैठक बहिष्कार गरेका छन्। आफ्नो धारणा राख्न समय नदिएको भन्दै उनी बैठक कक्षबाट बाहिरिएका हुन्।
बैठकका क्रममा साम्पाङ बोल्नका लागि आसनबाट उठेका थिए। तर सभामुख डोलप्रसाद अर्याल ले पूर्वसूचना बिना बोल्न नमिल्ने भन्दै उनलाई बस्न निर्देशन दिएका थिए। त्यसपछि असन्तुष्टि जनाउँदै साम्पाङ बैठक छाडेर निस्किएका हुन्।
यद्यपि, श्रम संस्कृति पार्टीका अन्य सांसदहरू भने बैठकमा उपस्थित रहेका थिए। बैठक सुरु हुने क्रममा पनि साम्पाङले सरकारविरुद्ध नारासहितको पर्चा प्रदर्शन गरेर विरोध जनाएका थिए।
यसअघि सोमबारको प्रतिनिधिसभा बैठकमा पनि श्रम संस्कृति पार्टीले पर्चा प्रदर्शन गर्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको थियो।
तपाईको प्रतिक्रिया