बिहीबार ७ जेठ २०८३
राजनीति

ट्रम्पलाई झट्का : सिनेटमा अघि बढ्यो इरान युद्ध रोक्ने प्रस्ताव

बुधबार जेठ ६, २०८३/ Wednesday 05-20-26

अमेरिकी सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक झट्का दिँदै इरान युद्ध रोक्ने “वर पावर्स रेजोलुसन” प्रक्रियागत रूपमा ५०–४७ मतले अगाडि बढाएको छ। केही रिपब्लिकन सिनेटरहरूले मतदान नगरे पनि लिसा मुर्कोस्की, सुसान कोलिन्स र र्यान्ड पलजस्ता रिपब्लिकनहरूले डेमोक्रेटहरूसँग मिलेर प्रस्तावलाई समर्थन गरे।

डेमोक्रेट सिनेटर Tim Kaine ले ट्रम्प प्रशासनले इरानविरुद्ध सैन्य कारबाहीका लागि कानुनी समयसीमा नाघिसकेको आरोप लगाए। प्रस्तावले युद्ध सुरु गर्ने अधिकार राष्ट्रपति नभई संसदसँग हुनुपर्ने अमेरिकी संवैधानिक व्यवस्था जोड दिएको छ।

अब प्रस्ताव अन्तिम सिनेट मतदान र रिपब्लिकन बहुमत रहेको हाउसबाट पारित हुन बाँकी छ। ट्रम्पले यसलाई भिटो गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

तपाईको प्रतिक्रिया