काठमाडौं । सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बस्नुभएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइराला का अनुसार नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा को नियुक्तिपछि मल्ल आजदेखि बिदामा बस्नुभएको हो ।
यसअघि तत्कालीन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले २०८२ चैत १८ गतेदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।
तर वैशाख २४ गते बसेको संवैधानिक परिषद् बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि मल्ल असन्तुष्ट रहेको चर्चा चलेको थियो ।
नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माले हिजो पद तथा गोपनीयताको शपथ लिएपछि औपचारिक रूपमा पदबहाली गर्नुभएको हो । संसदीय सुनुवाइ समितिले द्रुत प्रक्रियामार्फत सुनुवाइ टुंग्याएसँगै उहाँको नियुक्ति र पदबहाली एकै दिन सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया