काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का तर्फबाट दुई वटा संशोधन विधेयक पेश गरिएको छ । कानुनमन्त्री सोबिता गौतमले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ती विधेयक प्रस्तुत गरेकी हुन् ।
बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ संसदमा दर्ता गरिएको छ । साथै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि सभामा पेश गरिएको हो ।
प्रतिनिधिसभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्ने तय गर्दै बैठक स्थगित गरिएको छ ।
तपाईको प्रतिक्रिया