बिहीबार ७ जेठ २०८३
अर्थ

३० अंक बढ्यो सेयर बजार, कारोबार रकममा पनि वृद्धि

बुधबार जेठ ६, २०८३/ Wednesday 05-20-26

काठमाडौं । अघिल्लो कारोबार दिन सामान्य गिरावट देखिएको सेयर बजार बुधबार भने उत्साहजनक रूपमा उकालो लागेको छ । नेप्से परिसूचक ३०.०८ अंकले वृद्धि हुँदै २७५४ विन्दुमा पुगेको हो । कारोबार अवधिभर बजार सकारात्मक रहँदा यही स्तर दिनकै उच्च बिन्दु बनेको छ ।

यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । मंगलबार ३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार यो बढेर ३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । २४८ कम्पनीको मूल्य उकालो लाग्दा २१ कम्पनीको मूल्य घटेको छ भने एनएलजी इन्स्योरेन्सको मूल्य स्थिर रह्यो ।

सबै समूहका सूचक हरियालीमा देखिएका छन् । विशेषगरी हाइड्रोपावर र होटल तथा पर्यटन समूह सर्वाधिक १.८९ प्रतिशतले बढे । यस्तै बैंकिङ ०.७३, विकास बैंक ०.४४, फाइनान्स १.४०, लगानी १.१५, जीवन बीमा ०.९७, उत्पादन तथा प्रशोधन १.१५, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.४४, अन्य १.०९ तथा व्यापार समूह १.५१ प्रतिशतले उकालो लागेका छन् ।

आज अपर लोहोरेखोला जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । त्यस्तै माउन्टेन हाइड्रो नेपाल ११.८८, बुंगल हाइड्रो ७.५१, शिखर पावर ६.१२ तथा सिटी होटल ५.९० प्रतिशतले बढेका छन् ।

यता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक १३.२६ प्रतिशतले घटेको छ । बोटलर्स नेपाल बालाजु ३ प्रतिशत तथा कुथेली बुखरी हाइड्रोपावर २.०७ प्रतिशतले घटेका छन् ।

कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र नेसनल हाइड्रोपावर अग्रस्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया