राजनीति
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ
बुधबार जेठ ६, २०८३/ Wednesday 05-20-26
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफ्नो पार्टी निरन्तर दबाबमा रहने बताएका छन् । विरोधका कारण निलम्बनसमेत भोग्न तयार रहेको उनको भनाइ छ ।
बुधबार सिंहदरबारस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले संसदमा उठाइएका प्रश्नको जवाफ दिनबाट सरकार पन्छिन खोजेको आरोप लगाए । उनले सभामुखले सरकारलाई प्रश्न गर्न नदिने गरी गरेको रुलिङप्रति पनि असन्तुष्टि जनाए ।
साम्पाङले संसदको गरिमा, विधि–विधान र जनताको आवाजको पक्षमा उभिन आफूहरू निलम्बन हुन परे पनि पछि नहट्ने बताए ।
उनका अनुसार सुकुम्बासी समस्या, लिपुलेक विवाद, विदेशी ऋणलगायत विषयमा सरकारबाट स्पष्ट जवाफ नआएकाले विरोध गर्नुपरेको हो । जनताका जिज्ञासाको उत्तर दिन नसक्ने सरकारलाई अन्ततः जनताले नै मूल्यांकन गर्ने उनको टिप्पणी थियो ।
तपाईको प्रतिक्रिया