समाज
वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारो क्यान्सर, दिल्लीमा उपचार जारी
मंगलबार जेठ १२, २०८३/ Tuesday 05-26-26
काठमाडौं। सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारो क्यान्सर भएको पुष्टि भएको छ । उनी हाल भारतको नयाँ दिल्लीमा उपचाररत रहेका छन् ।
उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विभिन्न तहबाट शुभेच्छा व्यक्त भइरहेका छन् । साथै, न्यायपालिका अधिकृत समाजले उपचारका लागि न्याय क्षेत्रमा कार्यरत कर्मचारीलाई स्वेच्छिक आर्थिक सहयोग गर्न अपिल गरेको छ ।
बोनम्यारो क्यान्सर हड्डीभित्र रहेको बोनम्यारोमा असामान्य कोषिका बढ्दा हुने रोग हो । यसले रगतका कोषिकाको उत्पादन प्रभावित बनाउने चिकित्सकहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया