शुक्रबार १९ असार २०८३
राजनीति

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

शुक्रबार असार १९, २०८३/ Friday 07-03-26

काठमाडौं । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजे परिषद्को बैठक बोलाएका छन्।

परिषद् सचिवालय स्रोतका अनुसार बैठकको प्रारम्भिक कार्यसूचीमा निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिसम्बन्धी विषय समावेश गरिएको छ। अन्य एजेन्डाहरू भने अन्तिम टुंगो लाग्ने क्रममा रहेको बताइएको छ।

प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बालेन शाहको अध्यक्षतामा संवैधानिक परिषद्को बैठक यसअघि एकपटक मात्र बसेको थियो, जसमा प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी विषयमा छलफल भएको थियो।

हाल निर्वाचन आयोगसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोगलगायत विभिन्न संवैधानिक निकायका केही पदहरू पनि रिक्त रहेकाले ती विषयहरू पनि आगामी बैठकमा उठ्न सक्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया