काठमाडौं । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विभिन्न ६ वटा विधेयक टेबुल गरिएको छ।
बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित ‘आर्थिक विधेयक, २०८३’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’, ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ तथा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सभासमक्ष प्रस्तुत गरेका हुन्।
त्यसैगरी, प्रतिनिधिसभाबाट प्राप्त सन्देशअनुसार ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ पनि राष्ट्रियसभामा टेबुल गरिएको छ।
उक्त विधेयकहरू अब राष्ट्रियसभामा आवश्यक संसदीय प्रक्रियाअनुसार छलफल र निर्णयका लागि अघि बढाइनेछ।
तपाईको प्रतिक्रिया