आइतबार ३ श्रावण २०८३
समाज

एक वर्ष बित्दा पनि रसुवाको सुक्खा बन्दरगाह पुनर्निर्माण सुरु भएन

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

रसुवा। एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले क्षति पुर्‍याएको रसुवा–टिमुरे सुक्खा बन्दरगाहको निर्माण अझै सुरु हुन सकेको छैन। करिब ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको दुई अर्ब १६ करोड रुपैयाँको चिनियाँ लगानीको परियोजना बाढीपछि अलपत्र परेको हो।

यद्यपि रसुवा भन्सारको व्यापारिक गतिविधि भने सामान्य अवस्थामा फर्किएको छ। अस्थायी पूर्वाधारबाट भन्सार जाँच र आयात–निर्यात भइरहेको छ। नेपाल सरकारले परियोजनालाई अघि बढाउनेबारे अहिलेसम्म स्पष्ट निर्णय नगरेको र चीनतर्फबाट पनि निर्माण पुनः सुरु नभएको बताइएको छ।

गत वर्षको बाढीले बन्दरगाहको गोदाम, यार्ड र अन्य संरचनामा ठूलो क्षति पुर्‍याएको थियो, जसका कारण निर्माण कार्य अझै ठप्प छ।

 

तपाईको प्रतिक्रिया