आइतबार ३ श्रावण २०८३
समाज

सेवाग्राहीलाई १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

गोरखा । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रशासन कार्यालय गोरखालाई सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउन निर्देशन दिएका छन्।

शुक्रबार जिल्ला प्रशासन कार्यालयको निरीक्षण गर्दै उनले आवश्यक सबै कागजात पूरा गरेका सेवाग्राहीलाई अधिकतम १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउने व्यवस्था गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएका हुन्।

गृहमन्त्री गुरुङले नागरिकले प्रशासनिक सेवा लिन अनावश्यक झन्झट र ढिलासुस्ती भोग्न नपर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए। उनले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै प्रक्रियागत जटिलता हटाउन आवश्यक सुधार गर्न पनि निर्देशन दिए।

निरीक्षणका क्रममा उनले कार्यालयको सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीका गुनासा सुनुवाइको अवस्थाबारे जानकारी लिएका थिए। साथै, सेवाको गुणस्तर सुधार गर्दै नागरिकको विश्वास बढाउने गरी काम गर्न कर्मचारीलाई आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया