राजनीति
कान्तिपुरको गेटमा भेटिएको शंकास्पद गाडी रास्वपा नेता रविको भएको पुष्टि
सोमबार असार २९, २०८३/ Monday 07-13-26
काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सको गेटमा सोमबार बिहान शंकास्पद अवस्थामा भेटिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपा नेता रवि जयसवालले प्रयोग गर्ने गरेको पुष्टि भएको छ।
उक्त गाडी करिब एक महिनाअघि खरिद गरिएको भए पनि अझै नामसारी नभएको बताइएको छ। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवार (जयसवाल) ले छोरा रविले उक्त गाडी चढ्ने गरेको पुष्टि गरेका छन्।
कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको गेटमा भेटिएका शंकास्पद गाडी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
तपाईको प्रतिक्रिया