राजनीति
कांग्रेस इतर पक्षका तरुण नेताहरूको चुनदेवीमा विशेष भेला
शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26
काठमाडौं। नेपाली कांग्रेसको संस्थापन (देउवा) पक्ष निकट नेपाल तरुण दलका निवर्तमान तथा पूर्व नेताहरूको विशेष भेला शनिबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा सम्पन्न भएको छ।
नेपाल तरुण दलका पूर्व अध्यक्ष जीतजंग बस्नेतको प्रमुख आतिथ्यता तथा पूर्व केन्द्रीय सदस्य दिल लामाको संयोजकत्वमा आयोजित भेलामा देशभरबाट करिब ३०० जना पूर्व तथा निवर्तमान तरुण नेताहरू सहभागी भएको दिल लामाले देश दैनिकलाई बताए।
भेलामा संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमबारे छलफल भएको थियो। नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य तीर्थ गौतमले साउन ६ गते कमलादीमा आयोजना हुने बीपी स्मृति दिवसलाई भव्य रूपमा सम्पन्न गर्ने तयारीस्वरूप यो भेला आयोजना गरिएको बताए।
आयोजकका अनुसार भृकुटीमण्डप भेलापछि देउवा पक्षीय तरुण नेताहरूको यो पहिलो भेला हो।
तपाईको प्रतिक्रिया