काठमाडौं । नेपाली बजारमा सोमबार (असार २९) सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घट्दै २ लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि आइतबार (असार २८) छापावाल सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०० रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३७५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।
तपाईको प्रतिक्रिया