आइतबार ३ श्रावण २०८३
समाज

भारी वर्षाका कारण हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी बन्द

शनिबार श्रावण २, २०८३/ Saturday 07-18-26

हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षा र सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रिकालीन सवारी साधनमा अस्थायी रोक लगाएको छ।

प्रशासनका अनुसार शनिबार राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म हेटौंडा–देउराली–कुलेखानी–फर्पिङ सडकखण्डमा सबै प्रकारका सवारी आवागमन बन्द गरिएको छ।

यस्तै, कान्तिलोकपथ हुँदै काठमाडौं जाने सवारी साधनलाई शनिबार साँझ ६ बजेदेखि हेटौंडाको चौघडा बजारमै रोकिएको प्रहरीले जनाएको छ।

बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले प्रशासनले अत्यावश्यकबाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सम्बन्धित निकायको सूचना पालना गर्न तथा सुरक्षाकर्मीको निर्देशनअनुसार मात्रै आवागमन गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया