शनिबार ९ श्रावण २०८३
अर्थ

नेप्सेमा लगातार वृद्धि , कारोबार ६ अर्ब २६ करोड पुग्यो

शुक्रबार श्रावण ८, २०८३/ Friday 07-24-26

काठमाण्डौं। शेयर बजार लगातार दोस्रो दिन बढेको छ। शेयर बजार परिसूचक नेप्से आज ७.८८ अङ्कले बढेर २ हजार ७३४.६० विन्दुमा पुगेको छ।

यसअघि शेयर बजार बन्द भएको केहीबेरपछि प्राविधिक त्रुटिका कारण नेप्से १ हजार ८ अङ्कले घटेको देखिएपछि लगानीकर्ता आश्चर्यमा परेका थिए।

आज फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको उपसूचक बढेको छ। बैंकिङ समूह १ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ।

आज १५३ वटा कम्पनीको शेयर बढेकोमा १०८ वटाको घटेको छ। यस्तै १५ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन।

आज एभरेस्ट कलरको शेयर १५ प्रतिशतले बढेको छ। बजार सामान्य बढेको दिन सानिमा बैंकको डिबेन्चर झन्डै ९ प्रतिशतले घटेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो ४ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३५३ वटा कम्पनीका १ करोड ३७ लाख कित्ता शेयर ६ अर्ब २६ करोड रुपैयाँमा किनबेच भएको छ।

 

तपाईको प्रतिक्रिया