भोटेकोशीको बाढीले निम्त्यायो ठूलो विपत्ति, देशभर चिन्ता
काठमाडौं। रसुवाको स्याफ्रुबेसी–टिमुरे क्षेत्रबाट सुरु भएको भोटेकोशी र त्रिशूलीको बाढीले नुवाकोट, धादिङ हुँदै मध्य तराईसम्मै ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार ७८ जनाको मृत्यु भएको र सयौँ बेपत्ता रहेको बताइएको छ।
अचानक आएको भीषण बाढीलाई विज्ञहरूले ‘हिमाली सुनामी’को संज्ञा दिएका छन्। बाढीको कारण हिमताल विस्फोट, ल्हेन्दे खोलामा आएको आकस्मिक बाढी वा तिब्बती क्षेत्रमा गएको भूकम्पमध्ये के हो भन्नेबारे अझै अध्ययन भइरहेको छ।
तत्काल खोज, उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ। चीन र भारतले समेत घटनाप्रति चासो देखाएका छन्।
विज्ञहरूले हिमाली क्षेत्रमा यस्ता विपद् भविष्यमा अझ बढ्न सक्ने चेतावनी दिँदै दीर्घकालीन अध्ययन, पूर्वसूचना प्रणाली र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिएका छन्।
यो विपत्तिमा हिमाल, पहाड र तराईका सबै समुदाय एकजुट भई पीडितको उद्धार तथा राहतमा जुट्नुपर्ने देखिएको छ।
तपाईको प्रतिक्रिया