राजनीति
रसुवाको बाढीबारे छलफल गर्न रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक
बिहीबार भदौ ११, २०८३/ Thursday 08-27-26
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा रसुवामा आएको बाढीबाट सिर्जित परिस्थितिबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
बैठकमा बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत व्यवस्थापन, पछिल्लो अवस्थालगायत विषयमा छलफल हुनेछ। साथै, विपद्को सामना गर्न राजनीतिक दलहरूबीच आवश्यक समन्वय र आगामी कदमबारे पनि छलफल हुने प्रवक्ता खरेलले जानकारी दिए।
भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी क्षेत्रसहित विभिन्न स्थानमा ठूलो जनधन तथा भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायले खोज, उद्धार र राहतका कामलाई निरन्तरता दिइरहेका छन्।
तपाईको प्रतिक्रिया