काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जगदीश खरेललाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ।
शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा खरेललाई प्रवक्तामा मनोनित गरेको हो।
बैठकले पार्टीका अन्य पदमा पनि जिम्मेवारी बाँडफाँट गरेको छ। डा. मनोहर प्रधानलाई कोषाध्यक्ष, बसुमाया तामाङलाई सहकोषाध्यक्ष तथा पुरुषोत्तम यादवलाई सहमहामन्त्रीमा मनोनित गरिएको छ।
त्यस्तै, ननिता यादव र सुरेन्द्र चौधरी सहप्रवक्तामा चयन भएका छन्। संगठन विभागको प्रमुखको जिम्मेवारी भने प्रमोद न्यौपानेलाई दिइएको छ।
रास्वपामा अझै एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्रीको पदमा मनोनयन हुन बाँकी रहेको छ।
तपाईको प्रतिक्रिया