समाज
भोटेकोशी बाढीमा मृतकको संख्या ९५ पुग्यो, १४५ सुरक्षाकर्मी तथा कर्मचारी सम्पर्कविहीन
बुधबार भदौ १०, २०८३/ Wednesday 08-26-26
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीमा परी हालसम्म ९५ जनाको शव फेला परेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
विवरणअनुसार ४४ नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। त्यस्तै, विभिन्न विद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
बाढीले १९ वटा मोटरेबल पुल र करिब ४० किलोमिटर सडकमा क्षति पुर्याएको छ।
बाढीमा घाइते २१ जनाको रसुवा अस्पतालमा उपचार भइरहेको छ भने ३६ जनालाई राष्ट्रिय ट्रमा सेन्टर, शिक्षण अस्पताल र सैनिक अस्पतालमा उपचारका लागि पुर्याइएको छ। घाइतेको निःशुल्क उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्था गरिएको जनाइएको छ।
तपाईको प्रतिक्रिया