आइतबार १४ भदौ २०८३
समाज

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ बेपत्ता

शनिबार भदौ १३, २०८३/ Saturday 08-29-26

काठमाडौं।  रसुवामा आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६२६ पुगेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेसम्म ६२६ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार विपद्पछि २ हजार ४२६ जना अझै सम्पर्कविहीन छन्। यस्तै, विभिन्न अस्पतालमा १०१ जना घाइते उपचाररत रहेका छन्।

बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

 

तपाईको प्रतिक्रिया