आइतबार १४ भदौ २०८३
समाज

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो

आइतबार भदौ १४, २०८३/ Sunday 08-30-26

काठमाडौं। उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त पछिल्लो विवरण अनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढी सामान्य अवस्थामै रहेको छ।

महाशाखाले बिहान ५:४५ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङसम्मको नदी तटीय क्षेत्रमा हाललाई ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।

यसअघि बिहान भोटेकोशी नदीमा ठूलो आवाजसहित बाढी आएको सूचना पाएपछि तटीय क्षेत्रमा सतर्कता अपिल गरिएको थियो। स्थिति सामान्यतर्फ फर्किए पनि जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले नदीको जलसतहको निरन्तर अनुगमन गरिरहेका छन्।

तपाईको प्रतिक्रिया