आइतबार १४ भदौ २०८३
समाज

कृष्णभिरमा पहिरोः काठमाडौं–मुग्लिन सडक पूर्णरुपमा अबरुद्ध

आइतबार भदौ १४, २०८३/ Sunday 08-30-26

काठमाडौं। त्रिशूली नदीमा आएको बाढीका कारण काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूलीमा पानीको बहाव बढेपछि सडकमा क्षति पुगेको हो।

धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग कटान गर्दा सडक केही भासिएको छ। यससँगै सडकमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

बिहान केही समय अवरुद्ध भएको सडक खुले पनि केहीबेरमै पुनः बन्द भएको हो। सडक अवरुद्ध भएपछि काठमाडौं र मुग्लिनतर्फ आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।

 

तपाईको प्रतिक्रिया