काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा थापाले सभापतिको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। शपथपछि उनले केहीबेरमै पार्टी कार्यालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार दिउँसो सम्पन्न मतगणनाबाट थापा सभापतिमा निर्वाचित भएका थिए। उनले सभापति पदका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै पार्टीको नेतृत्वमा आफ्नो स्थान सुरक्षित गरेका हुन्।
तपाईको प्रतिक्रिया