मंगलबार २७ असोज २०८३
राजनीति

कांग्रेस सहमहामन्त्री खुलामा खतिवडा र शिवाकोटीको अग्रता कायमै

सोमबार असोज २६, २०८३/ Monday 10-12-26

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम राखेका छन्।

खुलातर्फ नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेकामा दुई जना निर्वाचित हुनेछन्। हालसम्म २ हजार ३९० मत गणना हुँदा खतिवडाले १ हजार ७५ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा रहेका शिवाकोटीले ७७२ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका डिल्लीराम सुवेदीले ५८३ मत प्राप्त गर्दा देवेन्द्रराज कँडेलले ४९९ मतसहित चौथो स्थानमा छन्। त्यस्तै, विकास कोइरालाले ३९४ र राजीव ढुंगानाले ३५३ मत प्राप्त गरेका छन्।

यसैगरी, रमेशप्रसाद धमलाले २८२, अमृतकुमार अर्यालले २५७ र विमलराज क्षेत्रीले ९३ मत पाएका छन्।

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।

 

तपाईको प्रतिक्रिया