बुधबार २८ असोज २०८३
राजनीति

कांग्रेसको बहिष्कारबीच सुदूरपश्चिमको बजेट पारित, छानबिन समिति गठन गर्ने सहमति

मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26

धनगढी । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बहिष्कारबीच सुदूरपश्चिम प्रदेशसभाले प्रदेश सरकारको बजेट बहुमतले पारित गरेको छ। बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद चर्किएपछि कांग्रेसले बैठक बहिष्कार गरेको हो।

बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै सदन बहिष्कार गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

कांग्रेसको अनुपस्थितिमा भएको छलफलपछि प्रदेशसभाले बजेट पारित गरेको हो। यद्यपि, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेट संशोधन तथा छानबिन गर्ने सहमति भएको जनाइएको छ।

सहमति अनुसार बजेटसम्बन्धी विषयको छानबिन गर्न संसदीय समिति गठन गरिनेछ भने कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने तयारी गरिएको छ।

प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। बजेट प्रस्तुत भएदेखि नै त्यसको औचित्य र कार्यान्वयनका विषयमा विवाद हुँदै आएको थियो।

 

तपाईको प्रतिक्रिया