बुधबार २८ असोज २०८३
राजनीति

कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

मंगलबार असोज २७, २०८३/ Tuesday 10-13-26

काठमाडौं  नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनाअनुसार दुवै नेता विजयी भएका हुन्।

यद्यपि, निर्वाचन समितिले उनीहरूको विजयको औपचारिक घोषणा गर्न बाँकी रहेको छ।

यसअघि कांग्रेसको सहमहामन्त्रीमा पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही निर्वाचित भइसकेका छन्।

नेपाली कांग्रेसको विधानअनुसार पार्टीको १५औँ महाधिवेशनबाट विभिन्न समूह र क्षेत्रको प्रतिनिधित्व हुने गरी कुल ११ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ।

 

तपाईको प्रतिक्रिया