राजनीति
पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना, मुटुमा समस्या देखिएको पुष्टि
आइतबार कार्तिक १, २०८३/ Sunday 10-18-26
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
मुटुसम्बन्धी सामान्य स्वास्थ्य समस्या देखिएपछि खनाललाई आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।
खनालका स्वकीय सचिव मिलन उपाध्यायका अनुसार मुटुसँग सम्बन्धित सामान्य समस्या देखिएपछि उनलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि अस्पताल लगिएको हो।
हाल उनको अस्पतालमा उपचार भइरहेको छ।
तपाईको प्रतिक्रिया