कांग्रेस महिला खुलातर्फ १५ केन्द्रीय सदस्य निर्वाचित, वासना थापा पहिलो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन परिणामअनुसार वासना थापा ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छन्।
महिला खुलातर्फ १५ सदस्यका लागि ३६ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। मतपरिणामअनुसार उर्मिला थपलिया ३ हजार ९७० मतसहित दोस्रो र निमा गिरी ३ हजार ९०६ मतसहित तेस्रो स्थानमा रहेकी छन्।
त्यस्तै, कुसुमदेवी थापा ३ हजार २५० मतसहित चौथो र धनाकुमारी खतिवडा ३ हजार २३१ मतसहित पाँचौँ स्थानमा निर्वाचित भएकी छन्।
निर्वाचनबाट विनिता खड्का २ हजार ८६६, अनिता देवकोटा २ हजार ८५३ र लक्ष्मी पाण्डे २ हजार ७०० मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
यसैगरी, सृजना अधिकारीले २ हजार ६५८, मुना भुसालले २ हजार ५१४, चिनी पोखरेल (चिनु) ले २ हजार ४२० र कल्पना तिवारीले २ हजार ३६३ मत प्राप्त गरेका छन्।
महिला खुलातर्फ रीता थापा मगर २ हजार ३०८, गंगा दाहाल २ हजार २९८ र उमा दाहाल २ हजार २१५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
महाधिवेशनअन्तर्गत कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि पदाधिकारीसहित विभिन्न समावेशी समूह र खुलातर्फका केन्द्रीय सदस्य पदमा निर्वाचन गरिएको हो।
तपाईको प्रतिक्रिया