आइतबार १५ कार्तिक २०८३
समाज

मुग्लिनको सीमलधारामा पहिरो पन्छाउने काम जारी

शनिबार कार्तिक १४, २०८३/ Saturday 10-31-26

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा खसेको पहिरो पन्छाउने काम भइरहेको छ।

शनिबार दिउँसो पहिरो खसेपछि सडक एकतर्फी अवरुद्ध भएको छ। पहिरोका कारण प्रभावित यातायातलाई सहज बनाउन तीनवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

सडकमा खसेको पहिरो हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सुरक्षाकर्मी तथा कामदार परिचालन गरिएको छ। पहिरो पन्छाउने काम जारी रहेकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्ने जनाइएको छ।

पृथ्वी राजमार्गको मुग्लिन खण्ड राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक मार्गमध्ये एक हो। यस क्षेत्रमा पहिरो खस्दा सवारी आवागमन प्रभावित हुने भएकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

तपाईको प्रतिक्रिया