कांग्रेसको विशेष बैठक आज, सभापति गगन थापाले सम्बोधन गर्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको विशेष बैठक बोलाएका छन् ।
आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधि, पत्रकार पक्राउ तथा सञ्चारगृहमाथि भएको धरपकडलगायत विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू पुष्पा भुसाल, चन्द्र भण्डारी र मधु आचार्य तथा महामन्त्रीहरू प्रदीप पौडेल, डिला संग्रौला र उदयशमशेर राणालगायत नेताहरूलाई बोलाइएको छ ।
बैठकपछि सभापति थापाले मुलुकको समसामयिक राजनीतिक अवस्था र पछिल्ला घटनाक्रमबारे विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै सम्बोधन कार्यक्रममा नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई उपस्थितिका लागि आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया