आइतबार १५ कार्तिक २०८३
समाज

पृथ्वी राजमार्गमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द

आइतबार कार्तिक १५, २०८३/ Sunday 11-01-26

काठमाडौं । धादिङको मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सोमबार (कात्तिक १६) पृथ्वी राजमार्गमा तीन घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म राजमार्गमा सवारी सञ्चालन रोक्का गरिनेछ ।

सडक निर्माणको काम प्रभावित नहोस् भन्ने उद्देश्यले उक्त अवधिमा यातायात बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनले यात्रु तथा सवारी चालकलाई यात्रा गर्नुअघि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया