आइतबार १५ कार्तिक २०८३
राजनीति

विवादित न्यायाधीशमाथि महाभियोग लगाउनेबारे रविको छलफल

शनिबार कार्तिक १४, २०८३/ Saturday 10-31-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विवादमा तानिएका न्यायाधीशमाथि महाभियोग लगाउने सम्भावनाबारे पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।

सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका इनम सापकोटासँग सम्पर्क गरेको विषयमा विवादमा परेका न्यायाधीशमाथि कारबाहीको प्रक्रिया अघि बढाउनेबारे उनले कानुन पृष्ठभूमिका सांसदहरूसँग शुक्रबार बूढानीलकण्ठस्थित निवासमा छलफल गरेका हुन्।

छलफलमा महाभियोग लगाउन पर्याप्त आधार र प्रमाण भए–नभएको विषय उठेको थियो। सांसदहरूले यसबारे थप अध्ययन गर्नुपर्ने बताएका छन्।

यस विषयमा थप प्रमाण र आधारबारे छलफल गर्न पुनः बैठक बस्ने तयारी रहेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया