आइतबार १५ कार्तिक २०८३
खेलकुद

विराटनगरको विस्फोटक ब्याटिङ, २.२ ओभरमै ६४ रन

शनिबार कार्तिक १४, २०८३/ Saturday 10-31-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सले आक्रामक ब्याटिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाँच ओभरमा सीमित खेलमा विराटनगरले २.२ ओभरमा बिना विकेटको क्षतिमा ६४ रन बनाएको छ ।

विराटनगरका शेहान जयसूर्याले ९ बलमा एक चौका र पाँच छक्कासहित अविजित ३५ रन बनाएका छन् । लोकेश बमले ६ बलमा एक चौका र तीन छक्कासहित अविजित २३ रन जोडेका छन् ।

सुदूरपश्चिमका बलर थारिन्दु रत्नायकेले एक ओभरमा ३१ रन खर्चिएका छन् भने हेमन्त धामीले एक ओभरमा २५ रन दिएका छन् । अभिनाश बोहराले दुई बलमा चार रन खर्चिएका छन् ।

टस जितेर सुदूरपश्चिमले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया