खेलकुद
विराटनगरको विस्फोटक ब्याटिङ, सुदूरपश्चिमलाई पाँच ओभरमा १०६ रनको लक्ष्य
शनिबार कार्तिक १४, २०८३/ Saturday 10-31-26
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पाँच ओभरमा सीमित खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले दुई विकेट गुमाएर १०५ रन बनायो ।
विराटनगरका शेहान जयसूर्याले ११ बलमा दुई चौका र पाँच छक्कासहित ३९ रन बनाए । लोकेश बमले १० बलमा एक चौका र तीन छक्कासहित २५ रन जोडे ।
त्यस्तै, आन्द्रे रसेलले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन बनाए ।
सुदूरपश्चिमका अभिनाश बोहराले दुई विकेट लिए । उनले दुई ओभरमा २८ रन खर्चिए ।
अब सुदूरपश्चिमले जितका लागि पाँच ओभरमा १०६ रन बनाउनुपर्नेछ ।
तपाईको प्रतिक्रिया