शनिबार १२ श्रावण २०८१
जीवनशैली

कोरोनाका कारण विश्वभर ६ सय २ जना पत्रकारको मृत्यु भएको पीइसीको रिपोर्ट

शुक्रबार पौष २४, २०७७/ Friday 01-08-21

काठमाडौं। कोरोना भाइरसबाट संक्रमित भएका मध्ये विश्वभर ६ सय २ जना पत्रकारको मृत्यु भएको पाइएको छ। सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा भएका मृत्युको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो।

सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपंतिमा हुने भएकाले उनीहरुलाई कोरोना विरुद्धको खोपमा पनि प्राथमिकता दिनुपर्ने बताएको छ।

प्रेस एम्ब्लेम क्याम्पेन (पीइसी) ले विश्वभर कोरोनाका कारण ६ सय २ जना पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो।तीमध्ये आधाभन्दा बढी अर्थात् ३ सय ३ जना ल्याटिन अमेरिकी मुलुकका परेका छन्।त्यसैगरी, एसियाका १ सय ४५ जना रहेका छन् भने युरोपका ९४ जना, उत्तर अमेरिकाका ३२ जना र अफ्रिकाका २८ जना रहेको पनि प्रतिवेदनमा उल्लेख छ।

एएफपी

तपाईको प्रतिक्रिया