आइतबार २३ बैशाख २०८१
बिजनेस

कोरियामा पानी जहाज कम्पनीमा नेपालीलाई पठाइँदै– असोज १ देखि भाषा परीक्षा

आइतबार श्रावण १४, २०८०/ Sunday 07-30-23

काठमाडौं । सरकारले गणतन्त्र कोरियामा नेपाली कामदारलाई पठाउने प्रक्रिया थालेको छ ।

नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सूचना जारी गर्दै असोज १ देखि भाषा परीक्षा हुने जनाएको छ ।

मन्त्रालय र कोरियाको श्रम मन्त्रालयबीच भएको एमओयू अनुरुप ईपीएस अन्तर्गत पानी जहाज कम्पनीमा कामदारका रुपमा पठाउन भाषा परीक्षा लिन लागिएको हो ।

भाषा परीक्षा सेप्टेम्बर१८ अर्थात् असोज १ गतेदेखि हुनेछ । परीक्षा एक दिनमा चार सिफ्टमा हुने जारी सूचनामा उल्लेख गरिएको छ । अहिले २५०० जनालाई पठाउने तयारी गरिएको भए पनि कोरियाको मागअनुसार संख्या थपघट हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया