बुधबार ६ श्रावण २०८३
राजनीति

मनसुन सक्रिय, सरकारको तयारीमाथि राष्ट्रिय सभामा विपक्षीको ध्यानाकर्षण

बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी प्रभावकारी नभएको भन्दै राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्त्वको विषयअन्तर्गत ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको छ।

नेपाली कांग्रेसको पहलमा दर्ता भएको प्रस्तावलाई विपक्षी दल नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरूले समर्थन गरेका छन्। प्रस्ताव कांग्रेस संसदीय दलकी नेता कमला पन्तले दर्ता गरेकी हुन्।

प्रस्तावमा कांग्रेसका सचेतक पदमबहादुर परियार, एमालेका सांसद सोमनाथ पोर्तेल, नेकपाकी प्रमुख सचेतक मदनकुमारी शाह तथा जसपा नेपालकी सांसद पूजा चौधरीले समर्थन जनाएका छन्।

प्रस्तावमार्फत मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, चट्याङ तथा हिमताल विस्फोटजस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै त्यसको सामना गर्न सरकारको पूर्वतयारी पर्याप्त नरहेको आरोप लगाइएको छ।

सांसदहरूले विपद् व्यवस्थापनका लागि अपनाइएका तयारी, उद्धार तथा राहत व्यवस्थाबारे गृहमन्त्रीसँग स्पष्ट जवाफ माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया