बुधबार ६ श्रावण २०८३
समाज

दाङमा निर्माणाधीन घरको पानी ट्यांकीमा दुई पुरुषको शव फेला

बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६, रजौरास्थित निर्माणाधीन घरको पानी ट्यांकीभित्र दुई पुरुषको शव फेला परेको छ।

पानी ट्यांकीभित्र शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार मृतक दुवै जनाको हालसम्म पहिचान खुल्न सकेको छैन। शवलाई ट्यांकीबाट निकालेर पहिचान गर्ने प्रयास भइरहेको छ।

घटना हत्या, दुर्घटना वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया