बुधबार ६ श्रावण २०८३
बिश्वो

इरानसँगको युद्धमा अमेरिकाले खर्च गर्‍यो ५७ खर्ब रुपैयाँभन्दा बढी

बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26

काठमाडौं । इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७ अर्ब ५० करोड अमेरिकी डलर (करिब ५७ खर्ब ७१ अर्ब रुपैयाँ) खर्च गरिसकेको छ, जुन नेपालको झन्डै तीन आर्थिक वर्षको बजेट बराबर हो।

अमेरिकी रक्षा मन्त्रालयले युद्ध अभियानलाई निरन्तरता दिन थप ६७ अर्ब डलर बजेट मागेको छ, जुन नेपालको करिब पाँच आर्थिक वर्षको बजेट बराबर हुने अनुमान गरिएको छ।

यसबीच अमेरिकी सेनाले लगातार ११औँ रात पनि इरानमाथि हवाई आक्रमण जारी राखेको छ। इरानले अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइरहेको दाबी गरेको छ भने कुवेत, बहराइन र जोर्डनले इरानी ड्रोन तथा मिसाइल आक्रमण विफल पारेको बताएका छन्।

हर्मुज जलमार्गदेखि अन्य रणनीतिक समुद्री मार्गसम्म तनाव फैलिँदा विश्वव्यापी तेल आपूर्ति र ऊर्जा बजारमा अनिश्चितता बढेको छ। यमनका हुथी विद्रोहीले साउदी अरेबियाका बन्दरगाह लक्षित गर्ने चेतावनी दिएपछि क्षेत्रीय तनाव अझ चर्किएको छ।

युद्ध जारी रहे पनि इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत कूटनीतिक संवाद भने जारी रहेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया