बिजनेस
नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकको छलाङ
शुक्रबार श्रावण १, २०८३/ Friday 07-17-26
काठमाडौं। नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साहजनक सुधार देखिएको छ। शुक्रबार नेप्से परिसूचक ७९.७४ अंकले उकालो लाग्दै २,६७७.५४ बिन्दुमा पुगेको हो।
यस दिन ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा देखिएको तीव्र सुधारसँगै नेप्सेको कुल बजार पुँजीकरण पनि ३.०६ प्रतिशतले वृद्धि भएको छ।
कारोबार भएका कम्पनीमध्ये २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
समग्र बजारमा हरियाली छाए पनि म्युचुअल फन्ड उपसमूह भने ०.०६ अंकले सामान्य घटेको छ, जबकि अन्य अधिकांश उपसमूह सकारात्मक देखिएका छन्।
तपाईको प्रतिक्रिया