समाज
अन्तर्राष्ट्रिय संगठित अपराधसम्बन्धी सम्मेलनबाट आईजीपी कार्की स्वदेश फर्किए
बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की थाइल्याण्डको बैंककमा आयोजित संगठित अपराधसम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्।
सङ्घीय अनुसन्धान ब्युरो (एफबिआइ) र रोयल थाइ पुलिसको संयुक्त आयोजनामा साउन ४ र ५ गते सम्पन्न सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका उपायबारे व्यापक छलफल भएको थियो।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सम्मेलनमा विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान र प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयलाई थप सुदृढ बनाउने विषयमा सहभागी देशहरूबीच विचारविमर्श गरिएको थियो।
तपाईको प्रतिक्रिया