बिहीबार १ फाल्गुण २०८१
खेलकुद

नेदरल्यान्ड्सले दियो नेपाललाई १४१ रनको लक्ष्य

आइतबार माघ २०, २०८१/ Sunday 02-02-25

काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टि–ट्वान्टी शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सबाट १४१ रनको लक्ष्य पाएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन जोड्यो । नेदरल्याण्डस्का लागि ववितेडी लिडाले सर्वाधिक ४१ तथा हेटर साइग्रेसले २६ रन जोडिन् । फोवे मोल्कन्बरले र रोविना रिजर्कले समान २१ रन जोडे ।

बलिङमा नेपालकी सीता राना मगर एक्लैले ५ विकेट लिईन् । ३ ओभर फ्याँकेकी सीताले १२ रन दिएर ५ विकेट चट्काएकी हुन् । मनिषा उपाध्यायको नाममा दुई विकेट रहँदा कविता जोशी र इन्दू पर्माले समान १ विकेट लिए ।

नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटको पराजित भएको थियो । जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा हार बेहारेको थियो ।

तपाईको प्रतिक्रिया