बिजनेस
मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई
मंगलबार भदौ १०, २०८२/ Tuesday 08-26-25
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण संघ (एनएमए) बिना नेपालमा पर्वतारोहण सम्भव नहुने बताएका छन्।
नवनिर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वलाई बधाई दिँदै उनले अधुरा परियोजना पूरा गर्न, पर्वतारोहण संग्रहालयको उन्नयन गर्न र दिगो पर्वतारोहणका लागि संघको सहकार्य आवश्यक हुने उल्लेख गरे।
उनका अनुसार सरकारले ९७ हिमालमा दुई वर्षका लागि रोयल्टी छुट, नयाँ ५७ हिमाल आरोहणका लागि खोल्ने र सगरमाथा आधार शिविरदेखि क्याम्प–१ सम्म वैकल्पिक मार्ग बनाउन पहल गरेको छ।
अध्यक्ष शेर्पाले युवालाई स्वदेशमै अवसर सिर्जना गर्न थप प्रशिक्षण आवश्यक रहेको बताउँदै पर्यटन प्रवर्द्धनमा समर्पित रहने प्रतिबद्धता जनाए।
तपाईको प्रतिक्रिया