बिहीबार १० बैशाख २०८३
समाज

भारतीय तीर्थयात्री सवार जीप प्युठानमा दुर्घटना : एकको मृत्यु, २१ जना घाइते

बिहीबार बैशाख १०, २०८३/ Thursday 04-23-26

प्युठान । स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ।

भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई सडकबाट करिब २५–३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृतक बालकको पहिचान अझै खुलेको छैन।

दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा पाँच जना बालबालिका पनि रहेका छन्। घाइतेमध्ये १० जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुटवल पठाइएको छ।

अन्य घाइतेहरूलाई प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्री मा प्राथमिक उपचारका लागि लगिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया