बिहीबार १० बैशाख २०८३
राजनीति

लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

बिहीबार बैशाख १०, २०८३/ Thursday 04-23-26

बुटवल । लुम्बिनी प्रदेशसभा को चालु अधिवेशन औपचारिक रूपमा अन्त्य गरिएको छ। प्रदेश मन्त्रिपरिषद्को सिफारिसअनुसार नेपालको संविधानको धारा १८३(२) बमोजिम अधिवेशन समाप्त गरिएको हो।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले वैशाख १० गते राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको जानकारी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता कमल ज्ञवाली ले दिएका छन्।

मन्त्रिपरिषद्को निर्णयपछि मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत गरिएको सिफारिसका आधारमा अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ।

हिउँदे अधिवेशन अवधिभर १६ वटा बैठक बसेका थिए। बिहीबार बिहान बसेको अन्तिम बैठकमा तुलाराम घर्तीमगर ले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्र सभामा वाचन गरेका थिए।

तपाईको प्रतिक्रिया