बिहीबार १० बैशाख २०८३
राजनीति

कांग्रेस संसदीय दलको विधान पारित

बिहीबार बैशाख १०, २०८३/ Thursday 04-23-26

काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलले आफ्नो विधान पारित गरेको छ। बिहीबार बसेको सांसदहरूको बैठकमा छलफलपछि उक्त विधान अनुमोदनका लागि पार्टी नेतृत्वसमक्ष पठाइएको हो।

पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’का अनुसार सांसदहरूबीच विस्तृत छलफलपछि विधान पारित गरिएको हो। उनले अब उक्त दस्तावेज औपचारिक स्वीकृतिका लागि पार्टीमा पेश गरिएको जानकारी दिए।

यसैबीच, कांग्रेसले शुक्रबार संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०७९ मा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जितेको थियो।

तपाईको प्रतिक्रिया